श्रीमतीको शव दश वर्षेखि आफ्नै साथमा

आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् ।उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो । श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीलाई गाडेको चिहान खोतले र श्रीमतीको कुहिएर बचेको अस्थिपञ्जर सहितको शवलाई बोकेर घर ल्याए । घर ल्याएपछि त्यसमा माटोले लपेटे अनी मान्छेको मर्ूर्ति जस्ता आकारमा ढाले ।व्यक्तिले आफु एक सामान्य व्यक्ति रहेको र श्रीमतीको शवसँग सुत्दा कुनै डर महसुस नहुने बताउँछन् । विचरा ती पुरुष श्रीमतीको मायाले पिरोलेपछि चिहानबाट श्रीमतीको शव निकालेर १० वर्षेखि घरमा राखिरहेका छन् तर उनी कानूनको कठघरामा उभिनुपर्ने भएको छ । उनमाथि शवलाई घरमा राखेको आरोप छ । त्यहाँको कानून अनुसार मान्छेको शवलाई लामो समयसम्म घरमा राख्न पाइँदैन ।उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।





0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.